नियम
अस्वस्थताको प्रमाणपत्र

(१) खोपाउने बालक अस्वस्थ देखिएमा नियम १० मा उल्लिखित व्यक्तिहरूले देहायका कुराहरू खोली अस्वस्थताको प्रमाणपत्र दिनु पर्छ–
(क) अस्वस्थताको कारण,
(ख) अवधि,
(ग) बालकको नाम,
(घ) वर्ष,
(ङ) धर्म,
(च) लिङ्ग,
(छ) सो बालक बसेको नगरपालिका वा गाउँ विकास समितिको नाम,
(ज) संरक्षकको नाम,
(झ) संरक्षकको पूरा ठेगाना ।
(२) उपनियम (१) बमोजिमको प्रमाणपत्र दिने व्यक्तिले खोपाउने बालक यति दिनमा स्वस्थ हुन सक्तछ र त्यसरी स्वस्थ भएमा यति दिन पछि खोपाउन हुन्छ भनी खोप्नको निमित्त मिति तोक्न सक्ने छ ।